ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त « Khabarhub

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल इएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

२०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् ।

करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्छन् । रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।

बैंकिङ्ग क्षेत्रसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : २३ बजे

एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा थप कडाइ, स्वीकृत संस्थाबाट मात्रै जाँच गर्न निर्देशन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

मोरङ १ : पुरानालाई विरासत जोगाउने चुनौती, मतदाताको असन्तुष्टिमा खेल्दै नयाँ दल

मोरङ- मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यतिबेला चुनावी माहोल तातेको छ।

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५