घरबाट निस्कने बित्तिकै शव, दुध वा खाली भाडो देखे के हुन्छ ? « Khabarhub

घरबाट निस्कने बित्तिकै शव, दुध वा खाली भाडो देखे के हुन्छ ?


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक भविष्यमा हुने केहि घटना विशेषगरी आर्थिक हानिका संकेत हामीले पहिले पाउन पनि सक्छौं । यदि यि संकेतलाई बुझ्न सकियो भने आर्थिक हानीबाट बच्न सकिन्छ ।

कहिलेकाहि घर बाहिर निस्कने बेलामा हुने अनौठो घटना मार्फत हामीले भविष्यमा हुनसक्ने आर्थिक हानीका बिषयमा जानकारी पाउन सक्छौ । यस्ता कुन कुन संकेत मार्फत मानिसले हुनसक्ने आर्थिक हानीका विषयमा थाहा पाउन सकिन्छ ।

– घर बाहिर निस्कदा हाच्छ्यु आउनु

घरबाट कुनै शुभ काममा निस्कदा हाच्छ्यु आएमा त्यसलाई अशुभ संकेत मानिन्छ । यसो हुदाँ कुनै न कुनै रुपमा काम बिग्रन सक्ने संकेत गर्दछ । पाका मानिसको सुझाव अनुसार यसरी घर बाहिर निस्कने बित्तिकै हाच्छ्यु आएमा केहिबेर रोकिनु पर्दछ । र सम्भव भए घर फर्कनु पर्दछ । घरमा केहि मिनेट बसेपछि सो काममा गए अशुभ समय टारीने मान्यता छ ।

– बाटोमा माछा, हात्ती, शव देख्नु

कुनै काममा जादाँ बाटोमा माछा, हात्ती, पानको पात वा शव देखिएमा यसलाई शुभ संकेत मानिन्छ । यस्ता दृष्य देखिएमा मान्यता अनुसार भगवान स्वयं प्रकट भएको मानिन्छ । तसर्थ यस्ता दृष्य देखिएमा काम बन्ने मान्यता छ । यस अलावा बाटोमा फूल वा माला देखिएमा मांगलिक कार्य हुने संकेत मानिन्छ ।

– दूध, खाली भाडो र फोहोर देख्नु

यदि घरबाट बाहिर निस्कदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ । यस्तोमा इष्ट देवको नाम लिइ भगवान शिव सम्झदै शिव–शिव जप गर्नु पर्दछ । साथै कुनै पनि शुभ कामका लागि जादाँ साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्र अनुसार यस्ता केहि अशुभ संकेत भएमा केहिबेर रोकिई मिठाई र पानी खाएर हिड्नु पर्दछ ।

– सडकमा सिक्का र नोट भेटिनु

यदि बाटोमा सिक्का भेटिए काम बन्न सयम लाग्ने संकेत मानिन्छ । तर नोट भेटिएमा रोकिएको काम बन्ने संकेत मानिन्छ । यदि दुबै भेटिए कसैको सहयोगमा काम बन्ने संकेत मानिन्छ । यसरी भेटिएको पैसाको वास्तविक धनी नभेटिए मन्दिरमा चढाउनु पर्ने वा गरीबमा दान गर्नुपर्ने मान्यता छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : १८ बजे

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको