घरबाट निस्कने बित्तिकै शव, दुध वा खाली भाडो देखे के हुन्छ ? « Khabarhub

घरबाट निस्कने बित्तिकै शव, दुध वा खाली भाडो देखे के हुन्छ ?


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक भविष्यमा हुने केहि घटना विशेषगरी आर्थिक हानिका संकेत हामीले पहिले पाउन पनि सक्छौं । यदि यि संकेतलाई बुझ्न सकियो भने आर्थिक हानीबाट बच्न सकिन्छ ।

कहिलेकाहि घर बाहिर निस्कने बेलामा हुने अनौठो घटना मार्फत हामीले भविष्यमा हुनसक्ने आर्थिक हानीका बिषयमा जानकारी पाउन सक्छौ । यस्ता कुन कुन संकेत मार्फत मानिसले हुनसक्ने आर्थिक हानीका विषयमा थाहा पाउन सकिन्छ ।

– घर बाहिर निस्कदा हाच्छ्यु आउनु

घरबाट कुनै शुभ काममा निस्कदा हाच्छ्यु आएमा त्यसलाई अशुभ संकेत मानिन्छ । यसो हुदाँ कुनै न कुनै रुपमा काम बिग्रन सक्ने संकेत गर्दछ । पाका मानिसको सुझाव अनुसार यसरी घर बाहिर निस्कने बित्तिकै हाच्छ्यु आएमा केहिबेर रोकिनु पर्दछ । र सम्भव भए घर फर्कनु पर्दछ । घरमा केहि मिनेट बसेपछि सो काममा गए अशुभ समय टारीने मान्यता छ ।

– बाटोमा माछा, हात्ती, शव देख्नु

कुनै काममा जादाँ बाटोमा माछा, हात्ती, पानको पात वा शव देखिएमा यसलाई शुभ संकेत मानिन्छ । यस्ता दृष्य देखिएमा मान्यता अनुसार भगवान स्वयं प्रकट भएको मानिन्छ । तसर्थ यस्ता दृष्य देखिएमा काम बन्ने मान्यता छ । यस अलावा बाटोमा फूल वा माला देखिएमा मांगलिक कार्य हुने संकेत मानिन्छ ।

– दूध, खाली भाडो र फोहोर देख्नु

यदि घरबाट बाहिर निस्कदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ । यस्तोमा इष्ट देवको नाम लिइ भगवान शिव सम्झदै शिव–शिव जप गर्नु पर्दछ । साथै कुनै पनि शुभ कामका लागि जादाँ साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्र अनुसार यस्ता केहि अशुभ संकेत भएमा केहिबेर रोकिई मिठाई र पानी खाएर हिड्नु पर्दछ ।

– सडकमा सिक्का र नोट भेटिनु

यदि बाटोमा सिक्का भेटिए काम बन्न सयम लाग्ने संकेत मानिन्छ । तर नोट भेटिएमा रोकिएको काम बन्ने संकेत मानिन्छ । यदि दुबै भेटिए कसैको सहयोगमा काम बन्ने संकेत मानिन्छ । यसरी भेटिएको पैसाको वास्तविक धनी नभेटिए मन्दिरमा चढाउनु पर्ने वा गरीबमा दान गर्नुपर्ने मान्यता छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : १८ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले