चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले गरे ‘ओकस’ सम्झौता « Khabarhub

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले गरे ‘ओकस’ सम्झौता


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विषयमा ‘ओकस’ सम्झौताको घोषणा गरेका छन्।

यो विशेष सुरक्षा सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्षहरु आदनप्रदानमा सहकार्य हुने जनाइएको छ ।

तीनवटै देशका नेताहरूले यस सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई थप सहयोग पुग्ने बताएका छन्।

यस सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो समेत खुला भएको छ । इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिकै कारण यी देशहरुले चीन लक्षित यो कदम चालेको बताइएको छ ।

पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ। सन् २०१६मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो।

यता चीनले यस कदमको निन्दा गरेको छ । वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले भने ती राष्ट्रहरूमा शीतयुद्धको मानसिकता रहेको आरोप समेत लगाएको छ। स्रोत- बीबीसी

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ५० बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले