संखुवासभा सामूहिक हत्या प्रकरण : अहिले के भइरहेको छ ? « Khabarhub

संखुवासभा सामूहिक हत्या प्रकरण : अहिले के भइरहेको छ ?


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संखुवासासभा जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा यही भदौ २१ गते ६ जनाको सामूहिक हत्या भएपछि सो गाउँमा अहिले सन्नाटा छाएको छ ।

५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको सो घटनाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रहरीले मृतक तेजबहादुरकै भतिज पर्ने लोकबहादुर कार्कीलाई हत्या आरोपमा पक्राउ गरेको छ । उनले प्रहरी समक्ष ६ जनाकै आफूले हत्या गरेको बयान दिएका छन् । तर, एक महत्वपूर्ण प्रश्न एकजना मानिसले कसरी लखेटी लखेटी ६ जनाको हत्या गर्न सके भन्ने उठेको छ । प्रहरी यही प्रश्नको उत्तरको खोजीमा छ ।

संखुसासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले हाल प्रहरीको एक समूह अझै घटनास्थलमै रहेको जानकारी दिए । उनले बिहीबार खबरहबसँग भने, ‘प्रहरीको अनुसन्धान सकिएको छैन। हामी विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौँ । अहिले पनि प्रहरीको एक टोली घटनास्थलमै छ ।’ उनका अनुसार यो प्रकरणमा लोकबहादुरबाहेक अरु पक्राउ परेका छैनन् ।

सो प्रकरणमा थप एकजना पक्राउ परेको भन्दै हल्ला भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले बिहीबार एक विज्ञप्ति जारी गर्दै थप कोही पक्राउ नपरेको जनाएको छ । प्रहरीका अनुसार अहिले घटनास्थलमा १० जनाको प्रहरी टोली खटिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १२ : ०९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच