‘मिष्टर इण्डिया’ मनोजद्वारा आत्महत्या प्रयास « Khabarhub

‘मिष्टर इण्डिया’ मनोजद्वारा आत्महत्या प्रयास


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– ‘मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आत्महत्या प्रयास गरेका छन् । बडी बिल्डरसमेत रहेका उनले मुम्बईमा आत्महत्याको प्रयास गरेका हुन् ।

उनले आत्महत्या प्रयास गर्नुअघि एक सुसाइड नोट लेखेका थिए । उनले आफ्नो आत्महत्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको उल्लेख गरेका छन् । उनले साहिललाई एकपछि अर्को गम्भीर आरोप लगाएका छन् । उनले साहिलले आफूलाई साइबर बुलिङ र मानसिक रुपले तनाव दिएको दाबी गरेका छन् ।

आत्महत्याको प्रयास भइरहँदा परिवारले भेटेपछि उनलाई मुम्बईको कूपर अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर छ । मनोजले बुधबार राती आफ्नो जीवनको अन्त्यको प्रयास गरेका थिए । जसका लागि उनले औषधि खाएका थिए ।

‘म मिस्टर ओलम्पियामा सहभागिताको लागि प्रयासमा छु । तर साहिल खानले मलाई पटक पटक प्रताडित गरिरहेको थियो । उनले मलाई यो प्रतियोगितामा सहभागिता नजनाउन दबाब दिइरहेका थिए । उनी बिना कारण नै मलाई सामाजिक सञ्जालमा बदनाम गराइरहेका थिए’, उनले सुसाइड नोटमा लेखेका छन् ।

यो घटनाबाट मनोजको परिवार र उनका साथीहरु दुःखी बनेका छन् । उनीहरुले मुम्बईको ओशिवारा थानामा उजुरी दर्ता गराएका छन् ।

मनोजको परिवार चाँडै नै यो घटनालाई लिएर मनसे अध्यक्ष राज ठाकरेसँग भेट्ने तयारीमा छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १२ : १४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान