दिलीप कुमारको ट्विटर बन्द गर्ने घोषणा « Khabarhub

दिलीप कुमारको ट्विटर बन्द गर्ने घोषणा


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता दिलीप कुमारकी श्रीमति र लोकप्रिय अभिनेत्री सायरा बानोले दिलीपको ट्विटर एकाउण्ट बन्द गर्ने घोषणा गरेकी छन् । दिलीपको निधन गत जुलाई ७ मा भएको थियो ।

उनले के कारणले ट्विटर बन्द गर्न लागेको हो भन्ने बारे केही खुलाइएको छैन । दिलीपको निधन पछि सायरा ठूलो शोकमा थिइन् । जसकारण उनी बिरामी भएर अस्पताल नै भर्ना हुनुपर्यो ।

दिलीपको ट्विटरमार्फत उनीसँग जोडिएका हरेक विषय अपडेट भइरहन्थ्यो । तर अहिले भने सायराले यो एकाउण्ट बन्द गर्ने निर्णय लिएकी छन् । दिलीपको एकाउण्ट चलाउने फैजल फारुकीले सायरासँगको परामर्शपछि एकाउण्ट बन्द गर्न लागिएको बताए ।

दिलीपले सन् २०११ बाट ट्विटरको प्रयोग गरेका थिए । उनको ६ लाख बढी फलोअर्स छन् । यद्यपि दिलीपले ६ व्यक्तिलाई मात्र फलो गर्थे ।

उनको फलोअरमा प्रधानमन्त्री नरेन्द्र मोदी, पीएमओ, अमिताभ बच्चन, लता मंगेशकर, शाहरुख खान र फैजल फारुकी छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १२ : २८ बजे

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न