दिलीप कुमारको ट्विटर बन्द गर्ने घोषणा « Khabarhub

दिलीप कुमारको ट्विटर बन्द गर्ने घोषणा


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता दिलीप कुमारकी श्रीमति र लोकप्रिय अभिनेत्री सायरा बानोले दिलीपको ट्विटर एकाउण्ट बन्द गर्ने घोषणा गरेकी छन् । दिलीपको निधन गत जुलाई ७ मा भएको थियो ।

उनले के कारणले ट्विटर बन्द गर्न लागेको हो भन्ने बारे केही खुलाइएको छैन । दिलीपको निधन पछि सायरा ठूलो शोकमा थिइन् । जसकारण उनी बिरामी भएर अस्पताल नै भर्ना हुनुपर्यो ।

दिलीपको ट्विटरमार्फत उनीसँग जोडिएका हरेक विषय अपडेट भइरहन्थ्यो । तर अहिले भने सायराले यो एकाउण्ट बन्द गर्ने निर्णय लिएकी छन् । दिलीपको एकाउण्ट चलाउने फैजल फारुकीले सायरासँगको परामर्शपछि एकाउण्ट बन्द गर्न लागिएको बताए ।

दिलीपले सन् २०११ बाट ट्विटरको प्रयोग गरेका थिए । उनको ६ लाख बढी फलोअर्स छन् । यद्यपि दिलीपले ६ व्यक्तिलाई मात्र फलो गर्थे ।

उनको फलोअरमा प्रधानमन्त्री नरेन्द्र मोदी, पीएमओ, अमिताभ बच्चन, लता मंगेशकर, शाहरुख खान र फैजल फारुकी छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १२ : २८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान