राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार « Khabarhub

राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीकी पति राज कुन्द्राविरुद्ध मुम्बई प्रहरीले चार्जशीट फाइल गरेको हो । १५ सय पृष्ठको यो चार्जशीटमा ४३ साक्षीको नाम राखिएको छ । यो सूचीमा शिल्पा र शर्लिन चोपडाको नाम पनि छ ।

गत जुलाई १९ मा मुम्बईको स्पेशल क्राइम ब्राञ्चको टिमले शिल्पाको घरमा गहन सोधपुछ पछि उनका पति राजलाई पक्राउ गरेको थियो । प्रहरीले राजमाथि अश्लील फिल्मको कारोबारसँग जोडिएको आरोप लगाएको छ ।

चार्जशीटमा यश ठाकुर उर्फ अरविन्द श्रीवास्तव र राज कुन्द्राको भाउजू प्रदीप बख्शीको पनि नाम छ । श्रीवास्तव सिंगापुर र प्रदीप लण्डनमा बस्छन् । शिल्पासँगको बयानमा उनले भाउजू प्रदीपलाई सबै घटनाको दोषी मानेकी थिइन् ।

यो मामलाको अनुसन्धानको समयमा राजको ल्यापटपबाट मुम्बई क्राइम ब्राञ्चले ६८ एडल्ट फिल्म भेटेको थियो । यसबाहेक राजले आइफोनबाट आफ्नो आई क्लाउड एकाउण्ट हटाएका थिए । तर ब्राञ्चले आइक्लाउडलाई रिकभर गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १ : १४ बजे

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न