रामेछापमा दुर्घटनामा ३ जनाको मृत्यु « Khabarhub

रामेछापमा दुर्घटनामा ३ जनाको मृत्यु


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रामेछापमा बिहीबार एक डबल क्याप बाेलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै दुर्घटनामा परेको रामेछापका डीएसपी नवराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । यस्तै लाक्पाका ७ वर्षीया छोरा घाइते भएका छन् । उनलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं रिफर गरिएको छ । एकजना प्रहरीको साथमा उनलाई काठमाडौँ पठाएको डीएसपी ढुंगानाले जानकारी दिए । उनका अनुसार मृतकका आफन्तहरुसँग सम्पर्कको प्रयास भइरहेको छ । तर, सम्पर्क हुन सकेको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १ : २० बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार