डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो « Khabarhub

डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २५ मा गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको बताएपछि विवाद चर्किएको हो ।

यो विवाद समाधान गर्ने विषयमा सभापति देउवा पक्षबाट पहल नभएको एक नेताले जानकारी दिए । सभापति देउवाले विवादका विषयमा छलफल नगरेपछि सो वडा अधिवेशनलाई मान्यता नदिन भन्दै पौडेल पक्षले महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवलाई सचेत गराएको छ । बिहीबार आफू पक्षीय नेतासहित पार्टी कार्यालय सानेपा पुगेर वरिष्ठ नेता पौडेलले डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाच्न समितिलाई आग्रह गरेका छन् ।

पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र शेखर कोइरालालगायत नेताहरु बिहीबार सानेपा पुगेका थिए ।

डडेल्धुरामा वडा अधिवेशन हुने थाहा पाएपछि पौडेल समूहले भदौ २४ गते नै सभापति देउवालाई भेटेर सो अधिवेशन रोक्न माग गरेको थियो । अधिवेशनमा प्रहरी प्रशासनको प्रयोग नगर्न सभापति देउवालाई आग्रह गरिएको पौडेलले बताएका थिए । सो भेटमा अधिवेशन नगराउने बताए पनि सभापति देउवाले २५ गते भने अधिवेशन गराइ छाडे ।

जिल्ला सभापति कर्ण मल्लले जिल्लाबाट पठाएका क्रियाशील सदस्यता काटिएको र केन्द्रबाट सिधै नाम थपिएको भन्दै सो विवाद समाधान नभएसम्म वडा अधिवेशन नगराउने जिल्ला कार्यसमितिबाट निर्णय गराएका थिए । तर, सभापति देउवाले भने सो निर्णय नमानेर निर्वाचन गराउन निर्वाचन समितिलाई निर्देशन दिए ।

यसरी सभापति देउवाबाट निर्वाचन गराउन दबाब आएपछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामासमेत दिएका थिए । तर, देउवाले उनको राजीनामा अस्वीकार गरे । र यादवलाई फकाए । त्यसपछि यादव काममा फर्किएका छन् । २५ गते डडेल्धुरामा वडा अधिवेशन गरिएपछि पौडेल पक्षले त्यसमा आपत्ति जनाउँदै अस्वीकार्य भएको विज्ञप्ति नै जारी गरेको थियो ।

५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भए पनि अझै २१ जिल्लामा अधिवेशन हुन सकेको छैन । यी मध्ये ८ जिल्लाको क्रियाशील सदस्यता नामावली बुधबार सार्वजनिक गरिएको छ । तर बाँकी १३ जिल्लाको विवाद अझै मिलिसकेको छैन । बाँकी रहेका जिल्लामा एकैपटक असोज ५ गते वडा अधिवेशन गराउने कार्यतालिका बनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  २ : २९ बजे

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)

यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा

लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी

१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा भिल्लारियालविरुद्ध बोरुसिया

च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो नमिठो हार

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बार्सिलोनालाई