गजलमा खुशी खोज्दै सनुप « Khabarhub

गजलमा खुशी खोज्दै सनुप


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सनुप पौडेलको स्वर र संगीत रहेको गजल ‘खुशी’को भिडियो सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारमाझ भिडियो सार्वजनिक गरिएको हो ।

स्टुडियो डी पुतलीसडकमा रेकर्ड गरिएको गजलमा दीपक जडितको शब्द, विशाल पोखरेलको गीतार, पारस सुवेदीको सितार, प्रदीप जोशीको मिक्सिङ र मास्टरिङ छ ।

गजलको भिडियोमा गायक सनुपसँगै सुनिता दर्नाल र सुरज मल्ल फिचर्ड छन् । भिडियोमा प्रनभ केसी, सिर्जन भट्टराई, सुनिता दर्नाल र सुरज मल्लको कोरियोग्राफी, विवेक लिम्बुको डीओपी, पुरुषोत्तम कँडेलको सहायक डीओपी, रोशन खत्रीको सम्पादन, सञ्जीवरत्न शाक्यको कलर, सुस्मिता रिजालको कष्ट्युम, पीआइ स्टुडियोको निर्माण छ । भिडियोका निर्देशक प्रनभ केसी हुन् ।

२०५४ सालबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका सनुपका ‘सम्झना आइ दिन्छ’, ‘यस्तै सम्बन्ध’, ‘पहिलो पिरती’, ‘दैव हे’, ‘जादु’, ‘अरु सबै’ र ‘बालुवामा’ गीत लोकप्रिय छन् ।

उनको हालसम्म ‘भ्वाइस(२००४)’ र ‘रेज(२००८)’ एलबम छन् । सनुप गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ पहिलो सिजनको कोच हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : १८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल