प्रहरीले राख्यो हुम्लाका स्थानीय तहमा सुझाव संकलन पेटिका « Khabarhub

प्रहरीले राख्यो हुम्लाका स्थानीय तहमा सुझाव संकलन पेटिका


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतमा रहेका प्रहरी चौकीमा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा उजुरी तथा गुनासो पेटिका राखेको छ ।

सातवटा गाउँपालिका रहेको जिल्लामा १७ वटा प्रहरी चौकीका कार्यालय छन् । गाउँपालिका केन्द्र तथा वडा कार्यालयमा सम्बन्धित गाउँपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।

नागरिकहरूबाट प्रहरी कर्मचारीहरूसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन जिल्लाका सातवटै स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको याल्वाङम प्रहरीको प्रहरीको चौकीबाहेक अन्य गाउँपालिकामा वडा तथा गाउँपालिका केन्द्रका साथै नागरिक र प्रहरीको पहुँच पुग्ने स्थानमा गुनासो तथा सुझाव पेटिका राखिएको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा राखिएको उक्त पेटिका हप्ताको एक दिन सम्बन्धीत गाउँपालिकाका जनप्रतिनिधिको रोबहरमा र सदरमुकामबाहिर रहेका पालिकामा तथा वडामा राखिएका पेटिका प्रत्येक महिनाको १५ गते सम्बन्धित पालिकाका प्रतिनिधि तथा प्रहरी चौकीका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरू खोलिने भएको छ । न्यूज काराखाना

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ०० बजे

लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी

१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा भिल्लारियालविरुद्ध बोरुसिया

च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो नमिठो हार

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बार्सिलोनालाई

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज विराटनगर र चितवन खेल्दै : कस्तो होला सन्दीप र कुशलको भिडन्त ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार