अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले « Khabarhub

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सेना परिचालन सम्बन्धमा राखेको अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि कुरा गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो जानकारी दिएको हो । उनका अनुसार, अध्यक्ष ओलीले सेना परिचालनबारे राखेको कुरालाई बाहिर गलत ढंगले प्रचार गरिएको भन्दै बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए ।

उपमहासचिव भट्टका अनुसार, शीर्ष नेतासहित प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले ‘सुरक्षा दिने सेनाले हो कि प्रहरीले ?’ भनी प्रश्न गरेका थिए । तर, सोही विषयलाई तोडमोड गरी ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न नहुने’ भनी अध्यक्षले अभिव्यक्ति दिएको भन्ने भ्रम फैलाइएको भट्टले स्पष्ट पारे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “हिजो प्रधानमन्त्रीकहाँ जाँदा अध्यक्षज्यूले निर्वाचनको वातावरण बन्छ कि बन्दैन ? भनेर सोध्नुभयो । अहिलेको अवस्था प्रतिक्रान्ति र प्रतिगमन हो, लोकतान्त्रिक विधि–पद्धतिबाट संसद विघटन नगरी जसरी अघि बढ्नुपर्थ्यो, त्यो भएन भन्ने उहाँको धारणा थियो ।”

भट्टले अगाडि भने, “निर्वाचनको वातावरण बनाउन सेना परिचालन गर्ने प्रसंग आउँदा उहाँले ुसुरक्षा दिने सेनाले हो कि प्रहरीले ? सेना त बाहिरी घेरामा हुन्छु भन्नुभएको थियो । यही कुरालाई लिएर जसरी भ्रम फैलाइयो, त्यसमा हाम्रो आपत्ति छ ।”

साथै, प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले सरकारको गठन र सञ्चालन लोकतान्त्रिक र संवैधानिक ढंगबाट नभएको धारणा राखेको भट्टले उल्लेख गरे ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १० : ०८ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

एजेन्सी– म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि

नेपाल चिकित्सकहरूको सम्मेलन सुरु

चितवन– नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स