प्रहरीले राख्यो हुम्लाका स्थानीय तहमा सुझाव संकलन पेटिका « Khabarhub

प्रहरीले राख्यो हुम्लाका स्थानीय तहमा सुझाव संकलन पेटिका


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतमा रहेका प्रहरी चौकीमा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा उजुरी तथा गुनासो पेटिका राखेको छ ।

सातवटा गाउँपालिका रहेको जिल्लामा १७ वटा प्रहरी चौकीका कार्यालय छन् । गाउँपालिका केन्द्र तथा वडा कार्यालयमा सम्बन्धित गाउँपालिकामा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको छ ।

नागरिकहरूबाट प्रहरी कर्मचारीहरूसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन जिल्लाका सातवटै स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको याल्वाङम प्रहरीको प्रहरीको चौकीबाहेक अन्य गाउँपालिकामा वडा तथा गाउँपालिका केन्द्रका साथै नागरिक र प्रहरीको पहुँच पुग्ने स्थानमा गुनासो तथा सुझाव पेटिका राखिएको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा राखिएको उक्त पेटिका हप्ताको एक दिन सम्बन्धीत गाउँपालिकाका जनप्रतिनिधिको रोबहरमा र सदरमुकामबाहिर रहेका पालिकामा तथा वडामा राखिएका पेटिका प्रत्येक महिनाको १५ गते सम्बन्धित पालिकाका प्रतिनिधि तथा प्रहरी चौकीका प्रहरीको संयुक्त रोहबरमा पेटिकामा रहेका पत्रहरू खोलिने भएको छ । न्यूज काराखाना

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ०० बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको