अक्सिजन प्लान्ट बनाउन पाँच लाख २० हजार सहयोग « Khabarhub

अक्सिजन प्लान्ट बनाउन पाँच लाख २० हजार सहयोग


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको योजनामा रहेको बतास फाउण्डेसनलाई अमेरिकामा रहेको तमु परिवार न्युयोर्क इन्कले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच पोखरा– १० का वडा अध्यक्ष राजकुमार गुरुङले फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासलाई पाँच लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

न्युयोर्क इन्कका अध्यक्ष देवीजंग गुरुङले नेपालमा अक्सिजन अभाव चुनौतीपूर्ण रहेको भन्दै बतासले पुण्य काम गरेकाले सहयोग पठाएको बताए । ‘यहाँ पनि हामी दुस्ख गर्नकै लागि आएका हौँ । तर, नेपालीहरू अक्सिजन नपाएर त्यसै मर्नुपरेको घटना सुन्दा अझ दुःख लागेको छ’, उनले भने, ‘बतासको अभियान मनपर्‍यो । प्लान्ट जोड्न हाम्रो पनि साथ छ ।’

बतासले कोरोनाको दोस्रो लहर सुरु भएकै बेला अक्सिजन प्लान्ट बनाइदिने घोषणा गरेका थियो । तर, हालसम्म प्लान्ट जडान भएको छैन । फाउण्डेसनले ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक संकलन गरेको हो ।

प्लान्ट जडानका लागि पाँच करोड रुपैयाँ लाग्ने अनुमान छ । दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट जडान गरिने अध्यक्ष बतासले बताए । अभियानबाट हालसम्म तीन करोड सात लाख रुपैयाँ संकलन भएको उनको भनाइ छ ।

बतासको अभियानपछि एमालेको भ्रातृ संस्था प्रवासी मन्चले सोही अस्पतालमा प्लान्ट जडान गरिदिएको छ । दुई करोड रुपैयाँ लगानीमा प्लान्ट जोडिएको मन्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङले जानकारी दिए । उनका अनुसार उक्त प्लान्टले दिनमा २०० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ३५ बजे

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी