एनआरएनए कतारद्वारा अलपत्र ४ नेपालीको उद्धार « Khabarhub

एनआरएनए कतारद्वारा अलपत्र ४ नेपालीको उद्धार


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले हवाई भाडा जुटाउन नसकेर अलपत्र परेका ४ जना नेपाली श्रमिकहरुलाई टिकटको ब्यवस्थापन गरी स्वदेश पठाएको छ

विभिन्न कारणले रोजगारी गुमाएर केही समयदेखि नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका उनीहरुलाई नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा एनआरएनएले हवाई टिकटको व्यवस्था गरेको हो ।

एनआरएनएका अनुसार यसरी फर्किनेहरुमा काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल,मोहत्तरीका उदय कुमार यादब र बाजुराका विकाश शाही रहेका छन् ।

यसअघि पनि एनआरएनएले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका ५५ जनालाई  हवाई टिकट सहयोग गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ४२ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ