गाउँमा न पिङ भेटियो, न पिङ हाल्ने युवा नै « Khabarhub

गाउँमा न पिङ भेटियो, न पिङ हाल्ने युवा नै


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– ‘पिङ’ दशैँ तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ । पिङले दशैँ तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उचो बनाउँछ । तर पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत पिङ देखिन छाडेको छ । एक दशकअघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दशैँ अगावै देखिने लिंगे, पिर्के, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन् । यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिदै खेल्ने युवायुवती समेत देखिन मुस्किल भएको छ ।

बुढापाकाले दशैँको दिन त एकपटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे । बुढापाकाले भनाइलाई सार्थक बनाउन युवापुस्ताले गाउँगाउँमा पिङ हाल्ने प्रचलन थियो । तर एक दशकयता दशैँ तिहारमा पिङ हाल्ने प्रचलन निरन्छर घटिरेहेको छ । जसका कारण गाउँघरमा न पिङ हाल्ने युवा छन्, न मच्चिदै खेल्ने पिङ नै छ ।

बर्षेनी पिर्के पिङ मच्चिने राईपुरस्थित भुस्नापुर फुलपाती डाँडो यसपाली सुनसान बन्यो । केही बर्षदेखि यहाँ पिङ हाल्न छाडिएको छ । गाउँ बसाईसराईले रित्तिदो छ । बुढापाका मात्रै छन् गाउँमा । युवा सबै सहर बजार र विदेशमा छन् ।

गाउँमा पिङ नहुँदा दशैँ खल्लो महशुस भएको ७४ बर्षीय चित्रबहादुर हमाल बताउँछन् । उनी भन्छन्, ‘पिङ नभएपछि त दशैँ दशैँ जस्तो नहुँदो रै’छ । पिङ हुँदा कति रमाइलो हुन्थ्यो । अहिले खल्लो भइरहेको छ, पिङ नहुँदा दशैँको महत्व कम भएको छ ।’

उनका अनुसार राईपुरका सबैजसो गाउँमा पिर्के पिङ हालिन्थ्यो । पिर्के पिङ नहालेको गाउँमा लिंगे र जाते पिङ हुन्थे ।

हरेकजसो घरको आँगनमा बाँबियोको लठ्ठाले हालिएको पिङमा केटाकेटी झुम्मिएर दशैँदेखि तिहारसम्म खेलिरहन्थे । त्यो दृश्य अहिले एकादेशको कथा जस्तै बनेको छ । शुक्लागण्डकी–११ राईपुरको थामडाँडा र गामीछाक्रामा मात्रै पिर्के पिङ हालिएको छ । अहिले गाउँमा युवा नहुँदा पिङ हाल्न कठिन भएको हमालको भनाई छ ।

गाउँमा युवाहरू नभएपछि शुक्लागण्डकी–१० कोलम्फेको जनचेतना युवा क्लबले ज्यालामा कामदार खटाएर पिङ हालेको छ । २५ हजार रुपैयाँ खर्चेर पिङ हालेको क्लबका सचिव अभिषेक थापाले बताए । ‘पछिल्लो समय पिङ हाल्ने सँस्कृति हराउदैँ गईरहेको छ । हामीले जगेर्ना गर्न आर्थिक संकलन गरेर ज्यालामा कामदार खटाएर पिङ हाल्यौँ’, उनले भने ।

जंगलबाट काठ काटेर ल्याएर पिङ ठड्याउनलाई धेरै जनशक्ति चाहिन्छ । तर, बसाईसराई, वैदेशिक रोजगारका कारण गाउँ सुनसान बनिरहेको छ ।

बडो कष्टपूर्ण तरिकाले जिल्लाका केही स्थानमा यसपालिको दशैँमा सँस्कृति जोगाउनकै निम्ति पिर्के पिङ हालिएको छ । एकाध स्थानमा लिंगे पिङ ठडिएको छ । जाते पिङ भने लोप भईसक्यो । सँस्कृति जोगाउनैका निम्ति हालिएका पिङ खेल्नेको संख्या पनि कम छ । खेल्न आउनेको प्रतिक्षामा बसेका छन् पिर्के र लिंगे पिङ ।

गाउँमा पिङ हाले पनि पहिला जस्तो पिङ खेल्नेहरु नआएको शुक्लागण्डकी–३ कालीमर्‍याङका विरेन्द्र थापाले बताए । ‘सँस्कृति जोगाउनलाई पिङ हालेका छौँ । छिटफुट मात्र पिङ खेल्न आएका छन् । पहिला जस्तो माहोल छैन ।

गाउँगाउँबाट पिङ खेल्न आउनेको भिड हुँदैन आजभोलि’, उनले भने । मेला महोत्सवका पिङले गाउँका पिङमा आकर्षण कम गराईदिएको उनको भनाइ छ । आधुनिकतामा रमाउँदा युवापुस्ताले मौलिक सँस्कृतिलाई बिर्सेको थापाको भनाइ छ ।

पर्यटकीय नगरी बन्दीपुरमा लिंगे पिङ हालिएको छ । टुडिखेलमा एउटा लिंगे पिङ र अर्को रुखमा लठ्ठा हालेर लठ्ठे पिङ बनाएको पर्यटन व्यवसायी विपिन प्रधानले जानकारी दिए । प्रधानका अनुसार पिङ खेल्नेको भिड लागेको छ । ‘सँस्कृतिको जर्गेनासँगै पर्यटकलाई आकर्षित गर्न पिङ हालेका छौँ । रातीमा पनि उज्यालो बत्ती राखिएको छ ।’ उनले भने । पिङ हाल्ने र खेल्ने सँस्कृति मात्रै होईन समग्र दशैँको मौलिकता र रौनकता समेत गुम्दैछ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  २ : ४३ बजे

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै

ठेक्का रकम समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौं– कोशी प्रदेशका निर्माण व्यवसायीहरूले ठेक्का रकम समायोजन वा म्याद

कर्मचारी पँजनीमै गुज्रियो स्वास्थ्यमन्त्री मेहताको एक महिना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या