भाइरल ज्वरोका बिरामी बढ्दै | Khabarhub Khabarhub

भाइरल ज्वरोका बिरामी बढ्दै


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ ।

केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ। मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए ।

असोज महिनामा पनि दिउँसो अत्यधिक गर्मी भएसँगै अस्पतालमा दैनिक ६० देखि ७० जनासम्म बिभिन्न रोगका बिरामी अस्पतालमा भर्ना हुन आउने गरेको उनले बताए । उनका अनुसार आकस्मिक कक्षमा करिब २५/३० शय्या रहेको अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको छ ।

श्ययाको अभावमा केही बिरामीलाई भुईँमा राखेर उपचार भइरहेको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पताल गजेन्द्रनारायण सिँह, अन्य स्वास्थ्य केन्द्र र सवास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य संस्थाका स्वासथ्यकर्मीले बताएका छन् ।

अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको भीड लागेको स्वास्थ्यकर्मी बताउँछन् । ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पतालमा आइरहेका छन्। अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये आधाभन्दा बढी ५/७ दिनभित्र निको हुने र कसैलाई साता दिनभन्दा बढी सताउने गरेको अस्पतालका चिकित्सकहरूले बताएका छन्।

निमोनियाबाट भने बालबालिकाहरू बढी प्रभावित भएको अस्पतालले जनाएको छ। मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउदा भाइरल ज्वरोका बिरामी बढेको अनुमान अस्पतालको छ। त्यस्तै जिल्लाको निजी अस्पतालमा समेत भाइरल ज्वरो, पखाला, रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेको बताइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : १० बजे

हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

खोटाङ– यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते

काठमाडौं- कक्षा १२ को ग्रेड वृद्धि परक्षा आगामी भदौ २८

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण

काठमाडौं- १२ कक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले

पत्रकार महासङ्घ युकेले मनायो १४औँ वार्षिकोत्सव

काठमाडौं– नेपाल पत्रकार महासङ्घ युकेले १४ औँ वार्षिकोत्सव मनाएको छ

समुद्र मन्थनपछि अमृतको पिण्ड स्थापना भएको धरानस्थित ‘पिण्डेश्वर महादेव’

धरान– धरानको पिण्डेश्वर बाबाधाम परिसर यति बेला आध्यात्ममय भएको छ