एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट « Khabarhub

एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।

शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो ।

क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री रहनेछिन् । क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण ३ कात्तिकबाट सुरु हुने जनाएको छ ।

बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ । नेपालले युएईमा आयोजना हुने एसियाली छनोट खेल्नेछ ।

नेपाली टोली

रूबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्योति पाण्डे, ईश्वरी विष्ट, करुणा भण्डारी, सरिता मगर ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : ३७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर