छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष « Khabarhub

छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामतुलसी मावि रामपुर पाल्पाका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् ।

उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।

उनले सो रकम बराबरको चेक शनिबार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे। विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो ।

सो रकम कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सहयोगदाता कँडेलले बताए । साथै अध्यक्ष कँडेलले यसभन्दा अघि पनि रामतुलसी माविमा आफ्ना पिता तारानाथ कँडेल र माता तिलमाया कँडेलका नाममा रु ५१ हजार ४७० रकम बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेका छन् ।

उनले यहाँको दरैठाँटी माविमा पनि मातापिताका नाममा रु ५१ हजार ६०६ बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् । “आफूले जीवनमा कमाई गरेको केही रकमले शैक्षिक क्षेत्रमा लगानी गर्ने मनसायले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हुँ, अहिले स्थापना गरेको कोषमा रकम थप गर्दै जानेछु, शैक्षिक क्षेत्रमा लगानी गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,” कँडेलले भने ।

विद्यालयका प्रधानाध्यापक लम्सालले विद्यालयमा हालसम्म विभिन्न व्यक्तिबाट करिब २० लाख बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना भएको जानकारी दिँदै यसरी विद्यालयलाई सहयोग गरेका सबै सहयोगदातालाई धन्यवाद दिए।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ०० बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि