माटुर र रोजीलाई ‘स्टाइल आइकन’को उपाधि « Khabarhub

माटुर र रोजीलाई ‘स्टाइल आइकन’को उपाधि


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयमान मोडलहरुको प्रतियोगिता ‘स्टाइल आइकन नेपाल २०२१’ उपाधि युवातर्फ माटुर रेहमान र युवतीतर्फ रोजी लामिछानेले जितेकी छिन् । वर्षको उत्कृष्ट स्टाइल आईकन मोडलको उपाधिसहित उनीहरुले जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् । ‘मस्ट ट्यालेन्ट’को उपाधि पनि रोजी लामिछानेले नै हासिल गरिन् ।

काठमाडौंमा मोडलहरुको प्रतियोगिता ‘स्टाईल आईकन नेपाल २०२१’ सम्पन्न भएको हो । यो प्रतियोगिताको आयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । काठमाडौंको जमल स्थित नाचघरको मेघा हलमा सम्पन्न सो प्रतियोगितामा ९ युवा मोडल र १९ जना युवती मोडल सहभागी थिए ।

प्रतियोगितामा फस्ट रनरअपको उपाधि युवा मोडल तर्फ सुजन थापा र युवती मोडल तर्फ सृजा खरेलले जिते ।सेकेन्ड रनरअपको उपाधि युवा मोडल तर्फ सन्तोष आचार्य र युवती मोडलतर्फ निर्मला धितालले हासिल गरे । यस्तै यही प्रतियोगितामा थर्ड रनरअपको उपाधि युवातर्फ आदर्श मगराती र युवती मोडलतर्फ नेहा यादवले प्राप्त गरे । मस्ट स्टाईलिसको उपाधि युवातर्फ सम्यक महर्ज र युवती तर्फ चन्दु शाहीले प्राप्त गरे ।

स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न सो प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ थिए । सो प्रतियोगिताको फाईनल कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए ।

नेपाली मोडलिङ क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएको भन्दै अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई इभेन्ट बेटर ग्यालेक्सीका तर्फबाट कार्यक्रममा सम्मानित गरियो ।

प्रतियोगिताको निर्णायकमा अभिनेताहरु प्रमोद अग्रहरी, गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसियन रुस्का श्रेष्ठ, महेश केसी, बिक्रम श्रेष्ठ, दीपक घिमिरे, मिरा कक्षपति र विशाल गुरुङ थिए ।

उदयमान मोडलहरुलाई मोडलिङ सम्बन्धि विभिन्न प्रशिक्षण दिँदै उचित प्लेटफर्म मार्फत उनीहरुलाई ब्यबसायिक मोडलको रुपमा मञ्चमा तार्दै अघि बढ्न प्रेरित गर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका आयोजक धिरज तन्डुकारले बताए ।

फाईनल प्रतियोगिताको मुख्य अतिथिमा रामकृष्ण चित्रकार, अतिथिहरुमा मिलन सिजापति, प्रशान्त ताम्राकार थिए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ०० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा