माटुर र रोजीलाई ‘स्टाइल आइकन’को उपाधि « Khabarhub

माटुर र रोजीलाई ‘स्टाइल आइकन’को उपाधि


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयमान मोडलहरुको प्रतियोगिता ‘स्टाइल आइकन नेपाल २०२१’ उपाधि युवातर्फ माटुर रेहमान र युवतीतर्फ रोजी लामिछानेले जितेकी छिन् । वर्षको उत्कृष्ट स्टाइल आईकन मोडलको उपाधिसहित उनीहरुले जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् । ‘मस्ट ट्यालेन्ट’को उपाधि पनि रोजी लामिछानेले नै हासिल गरिन् ।

काठमाडौंमा मोडलहरुको प्रतियोगिता ‘स्टाईल आईकन नेपाल २०२१’ सम्पन्न भएको हो । यो प्रतियोगिताको आयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । काठमाडौंको जमल स्थित नाचघरको मेघा हलमा सम्पन्न सो प्रतियोगितामा ९ युवा मोडल र १९ जना युवती मोडल सहभागी थिए ।

प्रतियोगितामा फस्ट रनरअपको उपाधि युवा मोडल तर्फ सुजन थापा र युवती मोडल तर्फ सृजा खरेलले जिते ।सेकेन्ड रनरअपको उपाधि युवा मोडल तर्फ सन्तोष आचार्य र युवती मोडलतर्फ निर्मला धितालले हासिल गरे । यस्तै यही प्रतियोगितामा थर्ड रनरअपको उपाधि युवातर्फ आदर्श मगराती र युवती मोडलतर्फ नेहा यादवले प्राप्त गरे । मस्ट स्टाईलिसको उपाधि युवातर्फ सम्यक महर्ज र युवती तर्फ चन्दु शाहीले प्राप्त गरे ।

स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न सो प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ थिए । सो प्रतियोगिताको फाईनल कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए ।

नेपाली मोडलिङ क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएको भन्दै अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई इभेन्ट बेटर ग्यालेक्सीका तर्फबाट कार्यक्रममा सम्मानित गरियो ।

प्रतियोगिताको निर्णायकमा अभिनेताहरु प्रमोद अग्रहरी, गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसियन रुस्का श्रेष्ठ, महेश केसी, बिक्रम श्रेष्ठ, दीपक घिमिरे, मिरा कक्षपति र विशाल गुरुङ थिए ।

उदयमान मोडलहरुलाई मोडलिङ सम्बन्धि विभिन्न प्रशिक्षण दिँदै उचित प्लेटफर्म मार्फत उनीहरुलाई ब्यबसायिक मोडलको रुपमा मञ्चमा तार्दै अघि बढ्न प्रेरित गर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका आयोजक धिरज तन्डुकारले बताए ।

फाईनल प्रतियोगिताको मुख्य अतिथिमा रामकृष्ण चित्रकार, अतिथिहरुमा मिलन सिजापति, प्रशान्त ताम्राकार थिए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ०० बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको