साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारतबीचको खेल जारी « Khabarhub

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारतबीचको खेल जारी


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा खेल केही समय पहिला सुरु भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

माल्दिभ्समा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी थिए । लिग चरणमा नेपालले दुई जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको यिथो भने भारतसँग पराजित भएको थियो ।

बंगलादेशसँगको खेल १–१ गोलको बराबरी खेलेपछि नेपाल फाइनलमा पुगेको हो । १९९३ मा पाकिस्तानमा भएको च्याम्पियनसिपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । २८ वर्षपछि नेपाल फाइनलमा पुग्न सफल भएको हो ।

नेपालले आज भारतलाई पराजित गरेमा यो नेपाली फुटबलको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ४५ बजे

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री