साफ च्याम्पियनसिप : भारतद्वारा लगातार दुई गोल, नेपाल पछाडि « Khabarhub

साफ च्याम्पियनसिप : भारतद्वारा लगातार दुई गोल, नेपाल पछाडि


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दोस्रो हाफ केही समयमा भारतले दुई गोल गरेको छ । खेलको ४६ औं र ४७ औं मिनेटमा भारतले गोल गर्दै अग्रता बनाएको छ ।

खेलको पहिलो हाफमा भारतले आक्रामक खेल खेलेको छ। नेपालको पोस्टमा भारतले गरेको एक प्रहारलाई नेपालका किपर किरण चेम्जोंगले उत्कृष्ट बचाउ गरेका छन् । दुबैतर्फबाट गोलको प्रयास भए पनि बल गोल पोस्टमा छिराउन सकेनन् ।

नेपालका किपर किरणको मसलमा समस्या आएपछि केही समय खेल रोकिएको थियो । खेलमा वर्षा भइरहेकको छ ।
भारतका एक खेलाडीले पहेँलो कार्ड पाएका छन् ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

माल्दिभ्समा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी थिए । लिग चरणमा नेपालले दुई जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको यिथो भने भारतसँग पराजित भएको थियो । बंगलादेशसँगको खेल १–१ गोलको बराबरी खेलेपछि नेपाल फाइनलमा पुगेको हो । १९९३ मा पाकिस्तानमा भएको च्याम्पियनसिपमा नेपाल पहिलो पटक सहभागी भएको थियो । २८ वर्षपछि नेपाल फाइनलमा पुग्न सफल भएको हो ।

नेपालले आज भारतलाई पराजित गरेमा यो नेपाली फुटबलको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : ५७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन