भारतसँग हारेपछि नेपाल उपविजेता « Khabarhub

भारतसँग हारेपछि नेपाल उपविजेता


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो ।

माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै भारतले ४६ औं र ४७ औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपालको उपाधि उचाल्ने सपना तुहिएको थियो । भारतका लागि सुनील क्षेत्री र अनिरुद्ध थापाले गोल गरेका थिए । खेलको ९० औं मिनेटमा भारतले थप एक गोल गरेको थियो ।

खेलमा नेपालका तर्फबाट गोलका थुप्रै प्रयास भए पनि भारतीय किपरले बचाएका थिए ।

भारतका तर्फबाट दर्जनभन्दा बढी नेपालको पोस्टमा आक्रमण भएको थियो । नेपाली किपर किरण लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । नेपाली डिफेण्डर रोहित चन्दले भारतीय आक्रमणलाई निस्तेज पारेपछि नेपाल थप गोल खानबाट जोगिएको थियो ।

प्रतियोगतामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकामात्र सहभागी थिए । यो पटक राउण्ड रोबिनमा लिग खेलाइएको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो । लिग चरणमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १० : ३८ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च