पुरुषहरूमा यौन क्षमता घट्नुका कारण यी हुन् « Khabarhub

पुरुषहरूमा यौन क्षमता घट्नुका कारण यी हुन्


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन क्रियामा महिला पुरुष दुवै बराबर सक्रिय रहन सक्यो भने मात्रै यौनको पुरै आनन्द प्राप्त हुन्छ । तर उमेर बढ्दै जाँदा कतिपय महिला र पुरुषमा यौन सक्रियतामा कमी आउँछ । विशेष गरी पुरुषमा बुढ्यौलीले छुँदै गएपछि यौन क्षमतामा कमी आउँछ ।

कसरी बढाउने यौन क्षमता ?

पुरुषहरूमा यौन क्षमता घट्नुका धेरै कारण छन् । पुरुषहरूमा बन्ने सेक्स हर्मोनलाई टेस्टोस्टेरोन भनिन्छ । यो हर्मोनले सेक्स गर्ने क्षमता बढाउन मद्दत गर्छ । उक्त हर्मोनको कमीले शरीरमा कयौं बदलाहरु देखिने गर्छन् । टेस्टोस्टेरोनको कमीले पुरुषहरूमा धेरै थकानको महसुस हुन्छ । यसको कमीले शरीरको ऊर्जा कम हुने गर्छ । यस्तो लक्षणलाई डिप्रेसनको लक्षणसँग पनि तुलना गरिन्छ । त्यसैले कम्तीमा ८ घण्टा सुत्नुपर्छ । यदि यस्तो समस्या देखिए डाक्टरसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

टेस्टोस्टेरोनको कमीले मान्छेको मुड पनि छिनछिनमा परिवर्तन हुने गर्छ । उदासीपनको लक्षण देखियो भने यसको कमी हुनसक्छ । यसले मांसपेशी बनाउन पनि मद्दत गर्छ । यसको कमी हुँदा त्यसमा पनि असर पर्छ । शारीरिक व्यायाम गर्दा भारी बोक्ने काम पनि गर्नुपर्छ ।

टेस्टोस्टेरोनको कमीले सेक्स क्षमतामा कमी हुनसक्छ । यसले इरेक्टाइल डिसफन्कशनको समस्या पनि हुनसक्छ । हुन त यसका अरु कारणहरु पनि हुन्छन् । तर टेस्टोस्टेरोनको कमी हुन नदिन नै उपयुक्त मानिन्छ । टेस्टोस्टेरोनको कमीले स्मरण शक्तिमा पनि असर गर्छ । त्यसैले कुनै कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । टेस्टोस्टेरोनको स्तर बढेपछि स्मरण शक्तिमा बढी असर पर्दछ । यस्तोमा योग र व्यायाम गर्न जरुरी छ ।

टेस्टोस्टेरोनको कमीले मानिसको हाड पनि कमजोर हुनसक्छ । जसका कारण विभिन्न रोगको सिकार हुनसक्छ । त्यसैले मद्यपान, धूम्रपान नगर्नु राम्रो हुन्छ । साथै टेस्टोस्टेरोनको कमीले निन्द्रा नलाग्ने समस्या पनि हुनसक्छ । रातको समयमा बेचैनीले सताउँछ भने नियमित रुपमा सुत्ने बानी बसाल्नुपर्छ ।

टेस्टोस्टेरोनको कमीले शरीर मोटोपन हुनुका साथै भद्दा हुनसक्छ । त्यसैले भोजनमा ध्यान दिन जरुरी हुन्छ । टेस्टोस्टेरोनको कमीले हात र खुट्टामा आउने कपालको कमीसमेत हुने गर्छ । यस्तो लक्ष्ण देखिएमा तुरुन्तै डाक्टरसँग सल्लाह लिनु पर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ५३ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन