पुरुषहरूमा यौन क्षमता घट्नुका कारण यी हुन् « Khabarhub

पुरुषहरूमा यौन क्षमता घट्नुका कारण यी हुन्


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन क्रियामा महिला पुरुष दुवै बराबर सक्रिय रहन सक्यो भने मात्रै यौनको पुरै आनन्द प्राप्त हुन्छ । तर उमेर बढ्दै जाँदा कतिपय महिला र पुरुषमा यौन सक्रियतामा कमी आउँछ । विशेष गरी पुरुषमा बुढ्यौलीले छुँदै गएपछि यौन क्षमतामा कमी आउँछ ।

कसरी बढाउने यौन क्षमता ?

पुरुषहरूमा यौन क्षमता घट्नुका धेरै कारण छन् । पुरुषहरूमा बन्ने सेक्स हर्मोनलाई टेस्टोस्टेरोन भनिन्छ । यो हर्मोनले सेक्स गर्ने क्षमता बढाउन मद्दत गर्छ । उक्त हर्मोनको कमीले शरीरमा कयौं बदलाहरु देखिने गर्छन् । टेस्टोस्टेरोनको कमीले पुरुषहरूमा धेरै थकानको महसुस हुन्छ । यसको कमीले शरीरको ऊर्जा कम हुने गर्छ । यस्तो लक्षणलाई डिप्रेसनको लक्षणसँग पनि तुलना गरिन्छ । त्यसैले कम्तीमा ८ घण्टा सुत्नुपर्छ । यदि यस्तो समस्या देखिए डाक्टरसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

टेस्टोस्टेरोनको कमीले मान्छेको मुड पनि छिनछिनमा परिवर्तन हुने गर्छ । उदासीपनको लक्षण देखियो भने यसको कमी हुनसक्छ । यसले मांसपेशी बनाउन पनि मद्दत गर्छ । यसको कमी हुँदा त्यसमा पनि असर पर्छ । शारीरिक व्यायाम गर्दा भारी बोक्ने काम पनि गर्नुपर्छ ।

टेस्टोस्टेरोनको कमीले सेक्स क्षमतामा कमी हुनसक्छ । यसले इरेक्टाइल डिसफन्कशनको समस्या पनि हुनसक्छ । हुन त यसका अरु कारणहरु पनि हुन्छन् । तर टेस्टोस्टेरोनको कमी हुन नदिन नै उपयुक्त मानिन्छ । टेस्टोस्टेरोनको कमीले स्मरण शक्तिमा पनि असर गर्छ । त्यसैले कुनै कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । टेस्टोस्टेरोनको स्तर बढेपछि स्मरण शक्तिमा बढी असर पर्दछ । यस्तोमा योग र व्यायाम गर्न जरुरी छ ।

टेस्टोस्टेरोनको कमीले मानिसको हाड पनि कमजोर हुनसक्छ । जसका कारण विभिन्न रोगको सिकार हुनसक्छ । त्यसैले मद्यपान, धूम्रपान नगर्नु राम्रो हुन्छ । साथै टेस्टोस्टेरोनको कमीले निन्द्रा नलाग्ने समस्या पनि हुनसक्छ । रातको समयमा बेचैनीले सताउँछ भने नियमित रुपमा सुत्ने बानी बसाल्नुपर्छ ।

टेस्टोस्टेरोनको कमीले शरीर मोटोपन हुनुका साथै भद्दा हुनसक्छ । त्यसैले भोजनमा ध्यान दिन जरुरी हुन्छ । टेस्टोस्टेरोनको कमीले हात र खुट्टामा आउने कपालको कमीसमेत हुने गर्छ । यस्तो लक्ष्ण देखिएमा तुरुन्तै डाक्टरसँग सल्लाह लिनु पर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ५३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको