आज न्वागी खाने पर्व, यसरी मनाउँदै छन् किसानले « Khabarhub

आज न्वागी खाने पर्व, यसरी मनाउँदै छन् किसानले


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् ।

महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्तिक शुक्ल द्वादशीका दिन न्वागी खाएर (नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा) प्रचलनमा ल्याउने परम्पराअनुसार यो पर्व मनाइएको हो ।

पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपीनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ ।

हिन्दूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको हुँदा धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपीनमा प्रयोग गर्न सकिने धार्मिक मान्यताले यो पर्व परम्परा चलेको वैदिक कर्मकाण्डका ज्ञाता बर्दिबास-१ का पण्डित रामप्रसाद बराल बताउँछन् ।

खासगरी पर्वते (पाहाडि) मूलका हिन्दू परम्पराको यो पर्व अब भने देखासिकीबाट मधेशी मूलका हिन्दूले पनि मनाउन थालेका छन् । वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । सामान्यतया न्वागी खान कात्तिक शुक्ल द्वादशी नै उपयुक्त रहेपनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादी गर्न सकिने परम्परा रहेको अर्का कर्मकाण्डी पुरोहित व्राह्मण भङ्गाहा–५ सीतापुर बजारका विष्णुप्रसाद दाहालको भनाइ छ ।

पर्वमा होमादी गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी व्राह्मण अनिवार्य हुने हुँदा आज पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । यस पर्वमा होमादी अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर ख्वाउने खाने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : २३ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति