पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो « Khabarhub

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । लेदोसहितको पहिरोले सोमबार बेलुकी ७ बजेदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको हो ।

कालीकोटको गगने खोलामा आएको पहिरोले बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्यतर्फ लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

गगने खोला कर्णाली राजमार्गको सबैभन्दा जोखिम र पहिरो गइरहने स्थान हो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : ४७ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका