तालिबानले फेरि किन गर्‍यो अमेरिकी सेनाको हतियार प्रदर्शन ? « Khabarhub

तालिबानले फेरि किन गर्‍यो अमेरिकी सेनाको हतियार प्रदर्शन ?


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ ।

तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो । २५० जना तालिवान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानाकारी दिए ।

सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा गुडाइएको थियो । सो अवसरमा अधिकांश तालिवान लडाकुले अमेरिकामा निर्मित एम ४ राइफल बोकेका थिए ।

तालिबान फौजले अहिले प्रयोग गरेका अधिकांश हतियार अफगानिस्तानमा यसअघिको सरकारलाई अमेरिकाले सहयोग स्वरुप प्रदान गरेको थियो । अफगान फौजलाई तालिबानबिरुद्ध लड्न अमेरिकाले पूर्वराष्ट्रपति असरफ गनी नेतृत्वको सरकारलाई अत्याधुनिक हतियार उपलब्ध गराएको थियो ।

त्यस्तै, तालिमका अवसरमा तालिबानले रसियाली हेलिकोप्टरहरु पनि प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेको थियो ।तालिवान सत्तामा आएपछि महिला र बालिकाहरुको अधिकार खोसिएको छ । महिलालाई अझै पनि विद्यालय जान अनुमति दिइएको छैन ।

त्यस्तै, तालिवानले सत्ता कब्जा गर्दा घरमै बसेका सरकारी कर्मचारीमध्ये महिला कर्मचारी अझै नियमित काममा फर्किन पाएका छैनन् । तालिबान सरकारमा महिलाको सभागीता शून्य छ । तालिबानले महिला मन्त्रालय खारेज गरिदिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ३० बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि