एमी भन्छिन्, ‘मेरो सुन्दरता र हटनेशका कारण कसैले जागिर दिएनन्’ « Khabarhub

एमी भन्छिन्, ‘मेरो सुन्दरता र हटनेशका कारण कसैले जागिर दिएनन्’


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर बेरोजगारीको समस्या छ । रोजगारी नपाउनुमा धेरै कारण छन् । कोहीसँग राम्रो शिक्षा र अनुभव हुँदैन त कोहीसँग क्षमता भएर पनि चिनजान अभावले रोजगारीबाट वञ्चित हुनु परेको हुन्छ ।

तर हालै एमी कुप्स नामक एक मोडलले आफू बेरोजगार हुनुको अनौठो कारण बताएर विश्वलाई नै चकित पारेकी छन्।

संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी राज्य नर्थ कैरोलिनाकी एमी अहिले बेरोजगार छिन् । आफू बेरोजगार बन्नुमा एमीले आफ्नो सुन्दरता र  हटनेस भएको उनले बताएकी छन् । उनी केहि बर्षयता राम्रो जागिरको खोजीमा छिन् । तर हरेक अन्तर्वार्तापछि उनको हातबाट जागिर गुम्दछ । जसको कारण आफ्नो सुन्दरता रहेको एमीको दाबी छ ।

उनी केही वर्षअघिसम्म शिक्षण पेसामा थिइन् । त्यसबेला उनी वन्ली फ्यान्स मोडल रहेको थाहा पाएपछि उनलाई जागिरबाट निकालियो । एमीका अनुसार पछिल्ला अन्तर्वार्तामा उनलाई प्रश्न सोध्नेहरू उनलाई हेरिरहन्छन् । उनको यही सुन्दरता र हटनेसमा पुरुष मोहित हुन्छन् र जागिर दिइँदैनन् ।

एमी आफ्नो सुन्दरताका कारण रोजगारी नपाएको र करियरको बाधक सुन्दरता भएको भन्दै चिन्तित छिन् । अहिलेसम्म उनले हेल्थ सेक्टर इन्स्योरेन्स, रीटेल स्टोर्स, कार मार्केटिङ जस्ता क्षेत्रमा अन्तर्वार्ता दिएर पनि जागिर पाएकी छैनन् ।

वन्ली फ्यान्स मोडलको मद्दतले राम्रो आम्दानी भने उनी गरिरहेकी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ०५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको