अभिनेता राजकुमार रावले कसे लगनगाँठो | Khabarhub Khabarhub

अभिनेता राजकुमार रावले कसे लगनगाँठो


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता राजकुमार राव र उनकी लामो समयदेखिकी प्रेमिका पत्रलेखा पाल वैवाहिक जीवनमा बाँधिएका छन् । राजकुमार र पत्रलेखाले चण्डीगढमा आफ्नो निकट साथीभाई र आफन्तको उपस्थितिमा सात फेरा लगाएका हुन् ।

राजकुमारले विवाहको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्वीरमा राजकुमार र पत्रलेखा सुन्दर देखिएका छन् । ‘आखिरीमा ११ वर्षको प्रेम, रोमान्स, दोस्ती र रमाइलोपछि मैले उनीसँग विवाह गरें । जो मेरो सबै कुरा हुन् । मेरो सोलमेट, मेरी मिल्ने साथी, मेरो परिवार । आज मेरा लागि यो भन्दा ठूलो खुशी केही छैन,’ उनले लेखेका छन् ।

राजकुमार र पत्रलेखा विगत ११ वर्षदेखि एकअर्कासँग डेट गर्थे । विवाह अघि दुवैको इन्गेजमेन्टको एक भिडियो बाहिर आएको थियो । जसमा राजकुमार घुँडा टेकेर पत्रलेखालाई औठी लगाइदिएको देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ३० बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि