प्रधानन्यायाधीशको राजीनामा माग्दै राजेन्द्र महतोले भने– राणाले न्यायिक विचलन गरे « Khabarhub

प्रधानन्यायाधीशको राजीनामा माग्दै राजेन्द्र महतोले भने– राणाले न्यायिक विचलन गरे


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए ।

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न राणालाई सुझाव दिए ।

राणाले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि राणाले पदमा बस्न नहुने बताए ।

राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् ।

उनीहरू न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर राणालाई महाअभियोग लगाउन माग गरिसकेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ४३ बजे

डलर र पाउन्डको मूल्य उच्च, यस्तो छ आजको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर

एनपीएल : लोकेशले सर्वाधिक १८ छक्का हिर्काउँदा युवराजको २९ चाैका, कसले कति बाउन्ड्री हाने ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका

आज २०८३ साल मङ्सिर १ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १ गते मंगलबार सन् २०२६

विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक