बन्दले सवारीसाधन नचल्दा यात्रुलाई सास्ती | Khabarhub Khabarhub

बन्दले सवारीसाधन नचल्दा यात्रुलाई सास्ती


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ ।

बन्दका कारण यात्रुले सास्ती भोग्नु परेको छ । हेटौंडामा सार्वजनिक सवारी साधन चलेका छैनन् । केही मयूरी तथा साइकलबाहेकका अन्य सवारी साधन चलेका छैनन् भने मुख्य बजारका पसल पनि बन्द छन् । बन्दका कारण पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ कान्ति लोकपथलगायतका सडकखण्डमा प्रभाव परेको छ ।

मकवानपुरका उद्योग कारखाना, शैक्षिक संस्था बन्दका कारण ठप्प बनेका छन् । विभिन्न सरकारी कार्यालयहरू खुले पनि सेवाग्राही भने उपस्थित देखिएका छैनन् ।

बन्दमा कुनै पनि प्रकारको अप्रिय घटना नभएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार बन्दमा कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षा व्यवस्थामा ध्यान दिइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ३३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास