सुनसरीमा विप्लव समूहका २२ कार्यकर्ता पक्राउ « Khabarhub

सुनसरीमा विप्लव समूहका २२ कार्यकर्ता पक्राउ


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् ।

बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई धरानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

इटहरीमा पसल बन्द गराउँदै हिँडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । धरानमा सवारी साधन तोडफोड आरोपमा पक्राउ गरेको हो । ढुङ्गा प्रहारपछि कारको अगाडिको भाग फुटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेकपाले सवारी साधन र बजार बन्दको आह्वान गरेको छ । बिहानैदेखि धरान, इटहरी, इनरुवालगायतका बजार, छोटो तथा लामो दुरीका यात्रुबाहक बस, सवारी साधन बन्द छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : ०३ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा