मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिनु हुँदैन : नेता सिंह | Khabarhub Khabarhub

मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिनु हुँदैन : नेता सिंह


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा न ४ ले गरको शुभकामना आदान प्रदान तथा परिचयात्म कार्यक्रममा नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने टिप्पणी गरे ।

नेतृत्वको कारण कम्युनिष्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उनको भनाइ छ । निर्वाचनपछि कांग्रेस कमजोर हुँदा कम्युनिष्टहरुले मौका पाएर संविधानमाथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्नका लागि कांग्रेस मजबुत हुनुपर्ने बताए ।

कांग्रेस मजबुत हुनका लागि नेतृत्व परिवर्त आवश्यक रहेको उनको भनाइछ । ‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ’, उनले थपे, ‘मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन ।’

उनले १४ औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताए । नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौँलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफुमा रहेको उनको भनाइ छ ।

‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ ? पार्टी चलाउँन क्षमाता चाहिन्छ’, उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’

उनले लोकतान्त्रिक पार्टी भित्र पनि कार्यकर्ताले अन्याय भएको गुनासो गरेको बताउँदै पार्टी भित्र सबैको सम्मान हुनुपर्ने बताए । उनले पार्टीलाई विधिसम्मत नियमसम्मत तरिकाले अगाडि बढाउनुपर्ने भन्दै विधि र प्रक्रियाका लागि आफूँले सधै पार्टी भित्र आबाज उठाउँदै आएको बताए ।

जनताका मुद्दाहरु तत्काल समाधान गरी लोकतन्त्र जोगाउनका लागि प्रभावकारी पार्टीको रुपमा कांग्रेस स्थापना गर्न आफूले सभापतिमा उम्मेद्वारी दिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : २७ बजे

साताको पहिलो दिन नेप्सेमा गयो पहिरो, २२५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो

इरानी प्रत्याक्रमणबाट इजरायलको तेल अभिभमा ठूलो क्षति, अपार्टमेन्ट ढल्दा २७ जना घाइते 

अमेरिका–इजरायलको आक्रमणको जवाफस्वरूप इरानले लगातार मिसाइल हानिरहेको छ । आइतबार

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

रहेनन् घाटेवैद्य सुवर्ण बा 

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष