रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् ।

सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको बताए ।

कपिलवस्तुबाट आएका सांसद शाहले मलखाद्य नपाउँदा किसानहरु मारमा परेको जानकारी गराएका थिए । ‘मलखाद्य नपाउँदा किसानलाई धेरै नै सास्ती भइरहेको छ । मलखाद्यको व्यवस्था छिटो भन्दा छिटो हुनुपर्‍यो भन्यौं,’ शाहले भने, ‘उहाँले कुरो भइरहेको, भारतसहित अरु देशसँग कुरा भइरहेको जानकारी गराउनुभयो ।’

नेपालमा मलखाद्यको अभाव र भारतबाट नेपाली किसानले ल्याउँदा भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको छ । सरकारले भारतसहित बंगलादेशलगायत राष्ट्रबाट मलखाद्य ल्याउन परराष्ट्र र कृषि मन्त्रालयमार्फत पहल अगाडि बढाइरहेको छ ।

यसअघि सांसद शाहले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । कपिलवस्तुमा अधिकांश परिवार खेतीकिसानीमा आश्रित छ । तर समयमा मल नपाउँदा किसान मारमा छन् ।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका शाहले १४औं महाधिवेशनबारे पनि पार्टी सभापति देउवासँग कुरा भएको बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ५४ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले