५ दलीय समन्वय समितिले भन्यो : न्यायालय गतिरोधको शीघ्र निकास हुनुपर्छ | Khabarhub Khabarhub

५ दलीय समन्वय समितिले भन्यो : न्यायालय गतिरोधको शीघ्र निकास हुनुपर्छ


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–

सत्तारुढ पाँच दलीय गठबन्धनले केही दिनयता सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको गठबन्धन अन्तर्गतको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको छ । बैठकले न्यायालयभित्र छिटै निष्कर्ष निस्कने विश्वास समेत व्यक्ति गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय समेत उनले बताए ।

त्यस्तै राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा गठबन्धनको सहकार्यलाई अघि बढाउने गठबन्धनले जनाएको छ ।

गठनबन्धनको निर्माणसंगै जटिल संक्रमण अन्त्य भएर मुलुकको राजनीति लिकमा फर्किएको बैठकपछि गठबन्धनका शीर्ष नेताले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । गठबन्धनले स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थीरताको आशासंगै स्वदेशी तथा विदेशी लगानीकर्ता तथा उद्यमीहरु समेत उत्साहित भएको दावी गरेको छ ।

गठबन्धनलाई जनतासंग छिटो र सहज रुपमा सेवा सुविधान उपलव्ध गराई जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको जनाइएको छ । त्यस्तै बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरुको पुनस्र्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको पहिलो बैठक बसेको हो । बैठकमा गठबन्धन दल आवद्ध शिर्ष नेताहरुको सहभागीता थियो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ३६ बजे

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

कञ्चनपुर– वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित

नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा : को को छन् खेलाडी ?

काठमाडौं – क्रिकेट वेस्ट इन्डिजले नेपालसँगको टी-२० सिरिज खेल्ने टिमको

‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९