मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति असन्तुष्टि « Khabarhub

मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति असन्तुष्टि


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको एघारौँ वार्षिक साधारणसभा मंगलबार मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले समिति र मेलम्ची खानेपानी आयोजनाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

अर्यालले काठमाडौँमा बसेर मेलम्चीको पानी नजाने भन्दै आयोजनास्थलमा आएर अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह गरे । “पटक–पटक वार्ताका लागि आग्रह गरे पनि अहिलेसम्म कोही पनि सम्पर्कमा आउनु भएको छैन”, अर्यालले भने, “काठमाडौँमा बसेर पानी झार्ने मिति तोक्नु उचित होइन ।” आयोजनास्थलमा भएका ढुङ्गा, गिट्टी र गेग्रानको व्यवस्थापन नगरी अहिलेकै स्थितिमा पानी पठाउन नसकिने अर्यालको भनाइ थियो ।

कार्यक्रममा समितिका अध्यक्ष उपेन्द्र तामाङले मेलम्ची प्रभावित र बाढीको क्षतिका बारेमा चाँडै खानेपानी आयोजना र मन्त्रालयको ध्यानाकर्षण गराइने बताए । आयोजना समितिका सदस्य चन्द्रबहादुर थापा, मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनिर माधव नेपाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ४४ बजे

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा