अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा « Khabarhub

अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् ।

अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियन राजदूत भल्कले जलवायु परिवर्तन र यसका असरबारे मुगु पुगेर सन्देश दिइरहेका छन् । अमेरिकी राजदूत बेरीले मंगलबार मुगु डायरीको तेस्रो दिन भन्दै फेसबुकमा लामो स्टाटससमेत लेखेका छन् ।

उनले लेखेका छन्, ‘मैले आफ्नै देशबाहेक सबैभन्दा धेरै समय बिताएको ठाउँ नेपाल हो। यहाँको परिदृश्यहरू संसारमा अन्यात्र नपाइने किसिमका छन्। साथै यहाँको भाषा, संस्क्रिति, तथा जनजीवनको विविधता उल्लेख्य छन्। यो कुनै अचम्म होइन कि यति धेरै पर्यटकहरू यहाँ आउन चाहन्छन्।’

उनले पर्यावरणीय पर्यटनले पर्यटन क्षेत्रका नकारात्मक प्रभावहरूलाई कम गर्ने उद्देश्य राख्ने भन्दै फोहोरमैला, पानीका बोतल, एकदमै खेर फालिने खानेकुरा वातावरण फोहोर भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘आज बेलायती राजदूत पोलिट, अस्ट्रेलियाली राजदूत भल्क र मैले मिलेर रारा राष्ट्रिय निकुन्जलाई ३ वटा सोलार प्यानल हस्तान्तरण गर्‍यौँ। कोप २६ सम्मेलनमा प्रम देउवाले भन्नुभएजस्तै जलवायु परिवर्तनका असरहरूको सामना गर्न तथा दीर्घकालीन ऊर्जाको विकासका लागि सौर्य उर्जा लगायत महत्वपूर्ण साधन हुनसक्छन्।’

बेरीले रारा ताल आफूले घुमेका ठाउँहरु मध्ये अत्यन्तै सुन्दर भनेर प्रसंशासमेत गरेका छन् । उनले भनेका छन्, ‘रारा ताल मैले घुमेका ठाउँहरू मध्ये अत्यन्तै सुन्दर परिदृष्य, जनजीवन, तथा सौन्दर्यको हिसाबले अतुलनीय स्थान हो। तैपनी यसले मलाई संसारमा सवैतिर देखिन स्थानहरूको सम्झना गराउँछ – त्यस्तो ठाउँ जसले जलवायु परिवर्तनको चुनौती सामना गरिरहेको छ र समाधानको खोजी अत्यन्तै जरूरी छ।’

बेलायती दूतावासले पनि फेसबुकमा राजदूत पोलिटको मुगु भ्रमणका तस्वीहरु सार्वजनिक गरेको छ । बेलायती राजदूत पोलिटले मुगुका स्थानीय विशेष गरेर महिलाहरुसँग कुराकानी गरेको बताएकी छन् । उनले नेपालको प्राकृतिक स्रोतको संरक्षण हुनुपर्ने बताएकी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ३७ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम