नाचघरमा एक सातासम्म ‘एक चिहान’ « Khabarhub

नाचघरमा एक सातासम्म ‘एक चिहान’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपन्यास ‘एक चिहान’लाई यही पुष ३ गते शनिबारबाट रंगमञ्चमा हेर्न पाईने भएको छ । उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको उपन्यासलाई रमेश बिजीले नाटकमा रुपान्तरण गरेका छन् । एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई पुनः मञ्चन गर्दैछ ।

नाट्यकर्मी वीरेन्द्र हमालको निर्देशन रहने यो नाटक पुष ९ गतेसम्म मञ्चन हुनेछ । विद्यार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो ।

यसलाई दैनिक बिहान ८ बजे बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिने भएको छ । नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुनेछ । कक्षा १२ तथा स्नातकका विद्यार्थीहरुका लागि सम्बन्धित स्कुल तथा कलेजले पुरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ ।

हाल नाटकको अभ्यासको काम भइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १२ : १८ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान