चीनको ११ हजार पर्दामा सुशान्तको ‘छिछोरे’ « Khabarhub

चीनको ११ हजार पर्दामा सुशान्तको ‘छिछोरे’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– सन् २०१९ मा रिलिज भएको अभिनेता सुशान्तसिंह राजपुत र श्रद्धा कपुरको फिल्म ‘छिछोरे’ चीनको ११ हजार स्क्रिनमा रिलिज हुने भएको छ । यो फिल्म आगामी २०२२ जनवरी ७ मा चीनमा रिलिज हुँदैछ । विश्वकै ठूलो फिल्म बजारका रुपमा परिचित चीनमा बलिउडको यो फिल्म करिब दुई वर्षको प्रतिबन्ध पछि प्रदर्शनमा आउन लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर भएको लकडाउन र सन् २०२० मा भारत–चीनको सैनिकबीच भएको गलवानमा भएको झडपपछि चीनले भारतसँगको सबै किसिमको सम्बन्धमा प्रतिबन्ध लगाएको थियो ।

यो फिल्मका निर्देशक नितेश तिवारी हुन् । फिल्मको कथा पनि नितेशले नै लेखेका हुन् । नितेशको निर्देशनमा बनेको आमिर खानको फिल्म ‘दंगल’ सन् २०१७ मा चीनमा रिलिज भएको थियो । जसले करिब १ सय ९३ मिलियन डलरको व्यापार गरेको थियो । ‘छिछोरे’ चीनको एक सय राज्यका झण्डै ११ हजार स्क्रिनमा रिलिज हुनेछ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १२ : ४९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक