राजनीति

महामन्त्रीमा गगनको अग्रता कायमै, दोस्रो स्थानमा विश्वप्रकाश बलियो

By खबरहब

December 16, 2021

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् ।

१५ सय २० मत गन्‍दा थापाले ९८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ६०३ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा देखिएको छ । प्रकाशशरणले ४९१ मत पाउँदा पद्रीपले ४४७ पाएका छन् ।डा. मिनेन्द्र रिजालको २५४ पाउँदा राजाराम कार्कीले ४७ मत मात्रै ल्याएका छन् ।