‘नेपाल मिडिया अवार्ड’मा ब्लु चिपको सहकार्य « Khabarhub

‘नेपाल मिडिया अवार्ड’मा ब्लु चिपको सहकार्य


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालमा पहिलो पटक सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा दुबईको ब्लु चिप इन्भेष्टमेन्ट कम्पनीले सहकार्य गर्ने भएको छ । लाइफ इन्स्योरेन्स करर्पोरेसन मुख्य प्रायोजक रहेको यो अवार्डका लागि आयोजक संस्था ड्रिम हाइ नेपाल र ब्लु चिप इन्भेष्टमेन्ट कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दुबईमा ट्रेडिङ विजनेश लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ब्लु चिप इन्भेष्मेन्ट कम्पनीले बलिउड र साउथका कयौं फिल्ममा समेत लगानी गरेको छ । ब्लु चिपका सिइओ रविन्दरनाथ सोनीले नेपालमा हुने अवार्ड कार्यक्रममा जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

ब्लू चिप एफएक्स र लालचन बिल्डर्स (सोम लालचन) को पनि सहकार्य गरेको अवार्डको कार्यक्रम निर्मात्रीमा पुनम यादव छिन् । पुनमले यसअघि केही हिन्दी गीत निर्माण गरिसकेकी छन् भने चाँडै नेपाली र बलिउड फिल्म निर्माण गर्ने तयारीमा समेत छिन् ।

नेपाल पत्रकार महासंघसँगको सहकार्यमा आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा टेलिभिजन, छापा माध्यम, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत संचार माध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतीलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रमुख कमल जिसिले जानकारी दिएका छन् । यो अवार्डसँग होटल एशोसियन स्पोन्सरको रुपमा ‘डबल ट्रि बाई हिल्टन’ पनि जोडिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : १० बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको