जाडोयाममा त्रिपाल मुनि बास « Khabarhub

जाडोयाममा त्रिपाल मुनि बास


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही–जिल्लाको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासका दलित परिवार तिरपालमुनि बस्न बाध्य छन् । प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ती परिवारलाई आवास निर्माण गरिरहेको छ । निर्माण समितिले बनाउन ढिलासुस्ती गर्दा दलित परिवार तिरपालमुनि बस्न बाध्य भएका हुन् ।

निर्माण समितिको ढिलासुस्तीका कारण आफूहरु त्रिपाल तानेर बस्नु परेको पीडितको गुनासो छ । ‘बाल बच्चासहित चिसोका कारण रातभरि जाग्राम बस्नु परेको छ, भएको सानो घर वर्षामा ढल्यो, जाडोमा त जनता आवासले निर्माण गरिदिएको घरमा बस्न पाइन्छ भन्ने आश थियो त्यो पनि आशमै सीमित भयो ।’ नारद पासवानले भने ।

निर्माण समितिको हेलचेक्र्याइका कारण समस्यामा परेको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासकी गीतादेवी पासमानको थियो । विगत दुई वर्षदेखि घर पाउने आशमा रहेकी उनले निर्माण समितिको लापरबाहीका कारण आफुहरु समस्यामा परेको गुनासो गरिन् । ‘दुई वर्षअघिदेखि नै घर पाइन्छ कि भन्ने आश थियो, तर घर पाउन सकेको छैन’, उनले भनिन्, ‘अन्तत चर्को ब्याजमा रु चार लाख ऋण लिएर आफैले घर बनाउनुप¥यो ।’

आवास कार्यक्रम अन्तर्गत लालबन्दीमा मात्रै एक हजार ५०० घर बनाइदिने योजना थियो । ती मध्ये पाँच सय घर बनाउने सम्झौतासमेत भइसकेको कार्यक्रम कार्यान्वयन इकाईले जनाएको छ । सम्झौतामध्ये १०९ घर मात्र निर्माण भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ३ : ३० बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को