बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण, उडान प्रभावित « Khabarhub

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण, उडान प्रभावित


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर- बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ ।

भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १:१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो ।

जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए ।

बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८  यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : २६ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा