पवनको फिल्मबाट निकालिइन् ज्याकलिन « Khabarhub

पवनको फिल्मबाट निकालिइन् ज्याकलिन


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज हालका दिनमा दुई सय करोडको मनी लण्ड्रिङ मुद्धाका कारण चर्चामा छिन् । यो मुद्धामा मुख्य आरोपी सुकेश चन्द्रशेखरसँग ज्याकलिनको सम्बन्धलाई जोडिएको छ ।

समाचार अनुसार ज्याकलिनले सुकेशबाट कैयां महंगो उपहार लिएकी छन् । अहिले यो मुद्धाको असर ज्याकलिनले आफ्नो व्यावसायिक जीवनमा भोगिरहेकी छन् । दक्षिण भारतीय फिल्मका सुपरस्टार पवन कल्याणको फिल्मबाट उनलाई हटाइएको खबर बाहिर आएको छ । यद्यपि फिल्मका निर्देशक कृष जागरलामुडीले यो खबर केवल अफवाह मात्र रहेको बताएका छन् ।

यही मुद्धाका कारण तेलुगू स्टार पवन कल्याणको फिल्म ‘हरी हारा वीरा मल्लू’बाट ज्याकलिन निकालिएकी छन् । फिल्म युनिटले भने यो मामलामा प्रवर्तन निर्देशनालय(इडी)सँग चलिरहेको मनी लण्ड्रिङको मुद्धाको कुनै सम्बन्ध नरहेको दाबी गरेको छ ।

‘ज्याकलिनले फिल्मका लागि समय दिन सकिरहेकी छैनन् । उनी गत वर्ष नै यो फिल्मबाट हटेकी थिइन् । हामीले उनको स्थानमा नरगिस फाकरीलाई ल्याइसकेका छौं । मिडियाले बेकारमा पुरानो मुद्धालाई उठान गरिरेको छ । म भन्छु कि ज्याकलिन हाम्रो फिल्मबाट गतवर्ष नै हटिसकेकी छन्’, निर्देशक कृषले भनेका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : ४२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक