पवनको फिल्मबाट निकालिइन् ज्याकलिन « Khabarhub

पवनको फिल्मबाट निकालिइन् ज्याकलिन


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज हालका दिनमा दुई सय करोडको मनी लण्ड्रिङ मुद्धाका कारण चर्चामा छिन् । यो मुद्धामा मुख्य आरोपी सुकेश चन्द्रशेखरसँग ज्याकलिनको सम्बन्धलाई जोडिएको छ ।

समाचार अनुसार ज्याकलिनले सुकेशबाट कैयां महंगो उपहार लिएकी छन् । अहिले यो मुद्धाको असर ज्याकलिनले आफ्नो व्यावसायिक जीवनमा भोगिरहेकी छन् । दक्षिण भारतीय फिल्मका सुपरस्टार पवन कल्याणको फिल्मबाट उनलाई हटाइएको खबर बाहिर आएको छ । यद्यपि फिल्मका निर्देशक कृष जागरलामुडीले यो खबर केवल अफवाह मात्र रहेको बताएका छन् ।

यही मुद्धाका कारण तेलुगू स्टार पवन कल्याणको फिल्म ‘हरी हारा वीरा मल्लू’बाट ज्याकलिन निकालिएकी छन् । फिल्म युनिटले भने यो मामलामा प्रवर्तन निर्देशनालय(इडी)सँग चलिरहेको मनी लण्ड्रिङको मुद्धाको कुनै सम्बन्ध नरहेको दाबी गरेको छ ।

‘ज्याकलिनले फिल्मका लागि समय दिन सकिरहेकी छैनन् । उनी गत वर्ष नै यो फिल्मबाट हटेकी थिइन् । हामीले उनको स्थानमा नरगिस फाकरीलाई ल्याइसकेका छौं । मिडियाले बेकारमा पुरानो मुद्धालाई उठान गरिरेको छ । म भन्छु कि ज्याकलिन हाम्रो फिल्मबाट गतवर्ष नै हटिसकेकी छन्’, निर्देशक कृषले भनेका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : ४२ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार