पार्टी भित्रको बेथिति हटाउने प्रमुख काम हुनेछ : गगन थापा « Khabarhub

पार्टी भित्रको बेथिति हटाउने प्रमुख काम हुनेछ : गगन थापा


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी भित्रको बेतिथि हटाउन आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । महामन्त्रीमा विजयी भएपछि पार्टी कार्यालय सानेपामा संक्षिप्त सम्बोधन गर्दै उनले महाधिवेशन व्यवस्थित तरिकाले भए पनि पार्टी सञ्चालनमा बेतिथि रहेको बताए ।

उनले पार्टीलाई विधि र विधानसम्मत सञ्चालन गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले पार्टीमा विधि र विधानबाट नचली व्यक्तिको वर्चस्व कायम गर्ने परम्परा रहेको भन्दै त्यसलाई भत्काइने बताए । उनले कांग्रेस सबैभन्दा व्यवस्थित पार्टी भए पनि आन्तरिक लोकतन्त्रका विषयमा प्रश्न उठ्ने गरेको भन्दै अब प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

थापा अघि सम्बोधनका गरेका महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसलाई सबै किसिमका फूलको फूलबारी बनाउने बताए । उनले आफूलाई विभिन्न विचार समूहमा रहेका मतदाताले विजयी गराएको भन्दै मतदाताको मनोविज्ञानअनुसार सबैको पार्टी बनाउन आफ्नो भूमिका रहने बताए । शर्मा प्रकाशमान सिंहको कमजोर प्यालनबाट उम्मेदवार बनेका थिए भने थापा डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका थिए ।

सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलमा रहेका प्रकाशसरण महत र प्रदीप पौडेल दुबै जना पराजित भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ४ : ३५ बजे

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई