सबै प्रकारका विभेदको अन्त्य गर्न सक्दो पहल गर्नेछु : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सबै प्रकारका विभेदको अन्त्य गर्न सक्दो पहल गर्नेछु : मन्त्री श्रेष्ठ


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सबै प्रकारका विभेदको अन्त्य गर्दै अन्यायमा परेको समुदायलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दलित सेवा सङ्घले विहीबार काठमाडौँमा आयोजना गरेको ‘दलित समुदायको समानता, समावेशिता तथा बजेटमा पहुँचको अवस्था र सरोकारवालाको भमिका’ विषयक अन्तरक्रियामा उनले सदियौँदेखि उत्पीडनमा परेका समुदायका लागि क्षतिपूर्तिसहितको अधिकार दिलाउन पहल गर्ने बताए ।

मन्त्री श्रेष्ठले दलित समुदायका बारेमा संविधानमा व्यवस्था भएको अधिकारलाई कार्यान्वयनका लागि सोही समुदायले सबैभन्दा बढी पहल गर्नुपर्नेमा जोड दिए । उनले दलित विकास समितिलगायत उत्पीडित समुदायको विकासका लागि खोलिएका समितिहरूलाई नयाँ योजनाका साथ अगाडि बढाउने बताए।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले उत्पीडित समुदायले लामो सङ्घर्षबाट ल्याएको प्राप्त अधिकार गुम्ने खतरा बढ्दै गएको भन्दै त्यसको रक्षाका निम्ति एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्ने बताइन् ।

नेपालको राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा दलित समुदायको जनसङ्ख्या १३.८ प्रतिशत छ । संविधानले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्य शासन सञ्चालनका हरेक तहमा सहभागिता हुन पाउने अधिकार सुनिश्चित गरेको छ । तैपनि नीति निर्माण तहमा दलितलगायत उत्पीडित समुदायको उपस्थिति कमजोर देखिन्छ । दलित अधिकारकर्मी मोतीलाल नेपालीले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरे।

सार्वजनिक सेवातर्फ निजामती सेवामा दलित समुदायको उपस्थिति दुई प्रतिशतमात्रै रहेको छ । पीएससी वार्षिक रिपोर्ट, २०७६ का अनुसार निजामती सेवाको विशिष्ट श्रेणीमा एकजना मात्रै दलित समुदायको सहभागिता छ । नेपाल सरकारको सचिव पदमा पुग्ने पहिलो व्यक्ति नै डा मानबहादुर विके हुन्। सङ्घका अध्यक्ष ईश्वरीप्रसाद विकेले संविधानमा व्यवस्था भएको दलित अधिकारलाई कानून बनाएर कार्यान्वयन गर्नुपर्ने बताए।

विसं २०५१ मा स्थापना भएको सङ्घले विगत २८ वर्षदेखि दलित र सीमान्तकृत समुदायको अधिकार र विकासका लागि निरन्तर कार्यरत रहेको एक राष्ट्रियस्तरको सामाजिक संस्था हो ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : २१ बजे

पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना

टोकियो- जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि

कांग्रेस महामन्त्री, गृहमन्त्री र प्रमुख सचेतकबीच भूमिसम्बन्धी विधेयकबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको चालु अधिवेशनमा सैद्धान्तिक छलफल भएको ‘भूमिसम्बन्धी

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

किमाथाङ्का– सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा

घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो

काठमाडौं– घुसकाण्डमा जोडिएर राजीनामा दिएका  निवर्तमान संघीय मामिला तथा सामान्य

सिन्धुलीगढिको झल्को गढीडाँडामा

कमलामाई– जहाँ इतिहासको धड्कन सुनिन्छ, त्यही हो सिन्धुलीगढि । जसलाई