महामन्त्रीमा पराजित प्रदिपले गगन–विश्वलाई बधाई दिँदै भने : रुपान्तरणको अभियानमा सहयोग गर्छु | Khabarhub Khabarhub

महामन्त्रीमा पराजित प्रदिपले गगन–विश्वलाई बधाई दिँदै भने : रुपान्तरणको अभियानमा सहयोग गर्छु


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महामन्त्रीमा पराजित प्रदिप पौडेलले विजयी महामन्त्री द्वोय गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिँदै कांग्रेस रुपान्तरणको अभियानमा सहयोग गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटको मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास हो ।’

उनले आगामी दिनमा कांग्रेसका लागि आफू अझै सक्रिय रहने बताएका छन् । उनले कांग्रेसलाई वैचारिक, सांगाठनिक रुपमा अगाडि बढाउन लागिरहने बताएका छन् । पौडेल सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।

हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटको मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट प्राप्त मतलाई स्वीकार गर्नु लोकतन्त्रको अभ्यास हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा विजयी हुनुभएका गगन कुमार थापा र विश्व प्रकाश शर्मालाई हार्दिक बधाई एवम् शुभकामना ।

साथीहरुको अपार माया र साथले प्राप्त परिणामले नेपाली कांग्रेसको गतिशीलता खोजी रहेका लाखौं कार्यकर्ता र आम जनताका लागि नयाँ इतिहास निर्माण गर्ने अवसर दिलाएको छ । यो प्राप्त अवसर प्रति म अत्यन्तै खुशी छु । कांग्रेस रुपान्तरणको यस अभियानमा सम्पूर्ण साथीहरूलाई मेरो साथ र सहयोग रहने वचनबद्धता व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्दछु ।

कांग्रेसलाई गतिशील बनाउन म अझ सक्रिय रहिरहने छु । आगामी दिनमा मेरो सम्पूर्ण प्रयत्न पार्टीलाई वैचारिक र सांगठनिक रुपमा अझै सशक्त बनाउन केन्द्रित हुनेछ ।

१४ औं महाधिवेशनमा मलाई विश्वास गरेर महामन्त्रीमा मत दिनुहुने र महाधिवेशन सफल बनाउन सक्रियताका साथ सहभागी महाधिवेशन प्रतिनिधिलगायत सबै क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक एबं हितैषी साथीहरु र समग्र कांग्रेस परिवारप्रति सुहृदय आभार एवम् धन्यवाद व्यक्त गर्दछु ।
जय नेपाल !

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : ३६ बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा